Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors

पब्लिक आइ पि ओ निस्कासन सम्बन्धी सुचना

Jun 28, 2022
पब्लिक आइ पि ओ निस्कासन सम्बन्धी सुचना

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले  असार २४ गतेदेखि १५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । उक्त कम्पनीको आईपीओमा असार २८ गतेसम्म दिन आवेदन दिन पाइने छ ।

कूल निष्काशन मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि, ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएर बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन्  ।आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  ।

कम्पनीले यसअघिनै संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीयहरुको लागि ५ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । कम्पनीले संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बग्ने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।